You are here: HomeNewsNews Of Chitwan Pariwarचितवनमा थारू–चेपाङको सम्मानजनक मत
Error
  • Error loading feed data

भरतपुर । पहाडी क्षेत्रमा बस्ने चेपाङ र मैदानी क्षेत्रमा बस्ने थारू चितवनका
आदिवासी हुन् । 

अहिलेको संविधानसभा सदस्य निर्वाचनमा मुख्य दल भनिने कसैले पनि प्रत्यक्षतर्फ थारू र चेपाङलाई उम्मेदवार बनाएनन् ।

चेपाङलाई एमाओवादीबाहेक अरुले समानुपातिकमा पनि राखेनन् । ठूला भनिने कांग्रेस, एमाले र एमाओवादीले चितवनमा प्रत्यक्षतर्फ नउठाए पनि थारू र चेपाङ समुदायका व्यक्तिहरु अन्य साना र यसअघि जिल्लामा नामै नसुनिएका दलबाट उठे । यसो हुँदा पनि प्रत्यक्ष र समानुपातिकमा ती दल र उम्मेदवारको मत सम्मानजनक नै आयो ।

कांग्रेसको राजनीतिमा सक्रिय टिकेन्द्र चौधरी यो पटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटबाट चितवन क्षेत्र १ मा उम्मेद्वार बने । केन्द्रीय अध्यक्ष रुकमणि चौधरी अध्यक्ष रहेको यो पार्टीमा थारू समुदायको बाहुल्य छ । मञ्चले क्षेत्र ५ मा लति चौधरीलाई उठायो । चुनाव चिन्ह गाग्री रहेका टिकेन्द्रले कुल एक हजार २९३ मत ल्याए ।

त्यस्तै क्षेत्र ५ का उम्मेदवार ललित चौधरीले एक हजार ७४६ मत ल्याए । जम्मा दुई क्षेत्रमा मात्रै उम्मेदवार उठाएको मञ्चले समानुपातिकमा झनै बढी मत ल्याएको छ । मञ्चले चितवनका कुल पाँचवटै निर्वाचन क्षेत्रमा गरेर पाँच हजार ८५५ मत ल्याएको छ । जुन मत खसेको सदरमतको दुई दशमलव सात प्रतिशत हो ।

मञ्चले क्षेत्र १ मा एक हजार ८११, २ मा ५०७, ३ मा २३, चारमा ३२८ र क्षेत्र ५ मा तीन हजार १८६ मत ल्याएको छ । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र राप्रपापछि चितवनमा समानुपातिकमा सबैभन्दा धेरै मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले ल्याएको छ । यी दलले पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए । तर दुई क्षेत्रमा मात्रै उम्मेदवारी दिएको मञ्चले उनीहरुलाई पछ्याउन सकेको छ ।

नेकपा (माले) पुरानो राजनैतिक दल हो । चितवनमा उसले पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । उसका उम्मेदवारले कुनैले पनि हजार मत जोड्न सकेनन् ।

नयाँ राजनैतिक दल र दुई क्षेत्रमा मात्रै उम्मेदवारी दिएको मञ्चले प्रत्यक्षमा मात्रै होइन, समानुपातिकमा पनि मालेलाई उछिनेको छ । चितवनमा मालेले समानुपातिकतर्फ कुल तीन हजार २५० मत ल्याएको छ । राष्ट्रिय राजनीतिमा निकै चर्चित मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समानुपातिकमा चितवनमा दुई हजार २७३ मत ल्याएको छ । मञ्चले पुराना र चर्चित दललाई पनि उछिनेको छ ।

चितवनमा जित्ने पार्टीका उम्मेदवारबाहेक हजार मत कटाउने मञ्चका उम्मेदवारमात्रै रहेका छन् । जित्ने दलका बाहेक मञ्च र स्वतन्त्र उम्मेदवार विकास कोइरलाको प्रत्यक्षतर्फ हजार मत कटेको छ ।

३२ दल र स्वतन्त्र गरेर ११५ जना उम्मेदवार रहेको चितवनमा मञ्चले धेरैलाई उछिनेको छ । चितवनमा असोज १७ गते उम्मेदवारी दर्ता गराउने पहिलो व्यक्ति थिए सूर्यबहादुर प्रजा चेपाङ । ठूला दल र साना दल कुनैले पनि चेपाङलाई नउठाएका बेलामा नयाँ दल जनजागरण पार्टी नेपालले सूर्यलाई उम्मेदवार बनाएको थियो । सोही पार्टीले क्षेत्र २ मा चेपाङ समुदायकै राजकुमार प्रजालाई उठायो ।

यी दुई उम्मेदवारले पाएको मत मञ्चका उम्मेदवार जतिको त छैन तर चेपाङ उम्मेदवार पनि कम छैन है भन्ने सन्देश दिन काफी भने छ । सूर्यबहादुरले १०४ र राजकुमारले ७४ मत ल्याएका छन् । यसअघि साह्रै नाम नसुनिएको पार्टीबाट उठेका यी दुईले ल्याएको मत भन्दा धेरै मत समानुपातिकमा आएको छ । चितवनमा यो पार्टीले ८३९ मत ल्याएको छ । पाँच सय र हजारको बीचमा मत ल्याउने पार्टी जम्मा पाँचवटा रहेका बेला जनजागरण पार्टीले ल्याएको मतले कार्यकर्ता उत्साहित

Free business joomla templates