You are here: HomeNewsNews Of Chitwan Pariwarपाँच करोड बढी लगानीमा बस सञ्चालन
Error
  • Error loading feed data

माडी । नारायणगढ–माडीमा सुविधासहितको नयाँ बस सञ्चालनमा आएको छ ।

चितवन नारायणी यातायात संयुक्त उपसमितिले एकैपटक १४ वटा नयाँ बसहरु संचालनमा ल्याएको हो । उपसमितिले यूरो–३ मोडलका नयाँ बसहरु संचालनमा ल्याइएको छ ।

प्रत्येक बस खरिद गर्दा ४० लाखसम्म लगानी परेको व्यावसायीको भनाइ छ । व्यवसायीले ५ करोड ६० लाख लगानी गरेका छन् । माडीमा ३० किमि बाटो पिच भएपछि र रिउ खोलमा पक्की पुल बनेपछि यहाँ यातायात व्यवसायी नयाँ गाडी सञ्चालन गर्न उत्साही बनेका हुन् ।

नयाँ बसहरु थप भएपछि पुराना बसमा ३÷४ घण्टासम्म उभिएर र छतमा बसेर कष्टपूर्ण यात्रा गर्दै आएका माडीवासीले अब भने यो समस्याबाट मुक्ति पाउने भएका छन् । बगइ बसपार्कदेखि नारायणगढका लागि आधा–आधा घण्टामा बस छुट्दै आएको छ ।

यहाँका व्यवसायीहरुले आफ्नै सक्रियतामा यसअघि चल्दै आएका दर्जन बढी बस विस्थापित गरी ३२ सिट क्षमता भएको नयाँ बस ल्याएका हुन् । केही पुराना बस भने अझै पनि चलिरहेका छन् । आरामदायी यात्राका लागि डबल सकर भएको बस र यात्रुलाई ‘बोरिङ’ नहोस् भनी बसमा एलइडीसमेत जडान गरिएको रूट संयोजक हितमान गुरूङले बताउनुभयो ।

यात्रुको चापलाई ध्यानमा राखी नयाँ बसहरु थप गरिएको संयोजक गुरूङले बताउनुभयो । गत असोज ४ गतेबाट नयाँ बसहरु संचालनमा ल्याइएको हो । नारायणगढ माडी दैनिक ३४ वटा बसहरु ओहोरदोहोर गर्छन् । त्यस्तै छोटी भन्सार नाका ठोरीसम्म तीनवटा रात्रिबस संचालन हुँदै आएको छ । नेपाल भारतको सिमाना ठोरीदेखि काठमाडौंसम्म दैनिक एक–एकवटा वस आवतजावत गर्छन् ।

चितवन राष्ट्रिय निकुञ्ज भएर वस आवतजावत गर्नेहुनाले समस्या भएको व्यवसायी विष्णु पौडेलले बताउनुभयो । बिहान ५ देखि बेलुकी ९ बजेसम्म गाडीहरु निकुञ्ज वारपार गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ । निकुञ्जमा प्रवेश गरेपिच्छे बसले रु पचासको टिकट काट्नुपर्ने हुन्छ ।

रात्रि बसहरु पनि यस रुटमा संचालन भएकाले यात्रुहरु निकुञ्जको कारण समस्यामा परेका छन् । माडी क्षेत्रमा दैनिक १८ वटा बस आहोर–दोहोर गर्न थालेपछि माडीको लागि अन्तिम स्टेसन बगईमा बसपार्कसमेत निर्माण गरिएको छ ।

प्रयोगमा नआएको अव्यवस्थित सार्वजनिक जग्गामा माटो र गिट्टी हालेर वसपार्क वनाई संचालनमा ल्याइएको छ । वसापार्क निर्माण गर्न मात्र १० लाख रुपैंया खर्च गरेको व्यवसायी विष्णु सापकोटाले वताउनुभयो ।

धेरै खोलाहरु भएर यात्रा गरिने हुँदा वर्षाको समयमा यस रुटको यात्रा निकै कठिन हुने गरेको छ । कच्ची सडक वर्षाको समयमा भेलले बगाउनाले यहाँका यातायात व्यवसायी आफैले वार्षिक ३ लाख वढी खर्च गरेर बाटो पूनमर्मतको काम पनि गर्दै आएको अर्का व्यवसायी दीपेन्द्र थापाले बताउनुभयो । नारायणगढदेखि माडीको वगइ सम्म ६० किमी रहेको छ । यहाँसम्मको भाडादर १७० रुपैंया रहेको छ । माडी भएर चल्ने वसलाई जुनतारा यातायात नामाकरण समेत गरिएको छ ।

भरतपुर चौविसकोठी देखि जगतपुर सम्मको बाटो पूनमर्मत नहुँदा यस क्षेत्रका व्यवसायी र यात्रु मर्कामा पर्दै आएका छन् । घरदैलोमा नियमित रुपमा आरामदायी यात्रा गर्न पाएपछि माडीवासी निकै खुशी भएका छन् ।

Free business joomla templates