You are here: Home
Error
  • Error loading feed data

Obituary

IMG 01
IMG 02 IMG 03
IMG 04 IMG 05
IMG 06

Late Mr. Krishna Bahadur Grg, Army No. 21164622, Ex QOGLR

He was very kind, friendly, helpful and one of our active member. It is a great loss to our community. All Chitwan Pariwar Members extends our depest sympathy to late Krishna Gurung and his family. Our thoughts and prayers are with him. May the departed soul Rest In Peace.

On Behalf of Chitwan pariwar UK

Mr. BB Lama (Chair CPUK)


Merry Christmas and Happy New Year 2021

christmas newyear


Happy Vijaya Dashami and Dipawali 2077/2020

happy dashain

happy tihar


CPUK YOUTH SUMMER BBQ 2020

BBQ

Date: Saturday 4th July 2020

Time: 11:00 - 18:00

Location: Frimley Lodge Park, Mytchett, Surrey GU16 6HY


CPUK Nepali New Year 2077/2020 

2077

Date: Saturday 4th April 2020

Time: 11:00 - 21:00

Location: Tamu Dhee Community Hall, Mytchett, Surrey GU16 6HY


CPUK AGM 2020

meeting

Date: Saturday 22nd Feb 2020

Time: 11:00 - 17:00

Location: Nirmaya Rodhighar, Aldershot

 


Chitwan Pariwar UK New Year 2076 Photos and Videos

img3020

View all Images

New Year 2073 Celebration Videos

Part 1

Part 2

Part 3

Part 4


CPUK Nepali New Year 2076/2019

चितवन परिवार युकेको बार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७६को शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न।
 
शिवशरण गुरुङ
मेचेट/६ अप्रिल २०१९।
 
चितवन परिवार युकेको बार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७६को शुभकामना आदान प्रदान कार्यक्रम गत शनिबार ६ अप्रिल २०१९को दिन बेलायतको सरे मेचेट स्थित तमु नेपालीज कम्युनिटि सेन्टरमा भब्यताकासाथ सम्पन्न भयो।
 
चितवन परिवार युकेका अध्यक्ष बल बहादुर लामाको सभापतित्वमा संस्थाका महासचिब निसा शर्माले संचालन गरेको कार्यक्रममा संयुक्त अधिराज्य बेलायतको बिभिन्न स्थानमा रहेका चितवने हरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सचिब धन बहादुर सार्किले हेल्थ एण्ड सेफ्टि बारे जानकारि दिएका थिए भने अध्यक्ष बल बहादुर लामाले स्वागत मन्तब्य र उपाध्यक्ष मित्र बहादुर गुरुङले धन्यबाद मन्तब्य राखेका थिए।
 
बिषेस अतिथिको रुपमा चितवन सहयोग संस्था (क्याट युके)का उपाध्यक्ष यादव श्रेष्ठ, पूर्ब अध्यक्ष लोक गुरुङ र गोर्खाका एक बौद्धिक ब्यक्तित्व डा. मित्र परियार उपस्थित रहेको उक्त कार्यक्रममा सल्लाहकार शिबशरण गुरुङले शुभकामना मन्तब्य राख्दै उपस्थित सबैलाई नव बर्ष २०७६को हार्दिक शुभकामना दिएका थिए। कार्यक्रममा दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लण्डनका उपाध्यक्ष सुमन गुरुङ र मेडस्टोन आमा समूहका अध्यक्ष श्रीमती सकुन गुरुङको पनि उपस्थिति रहेको थियो।  
 
कार्यक्रमको पहिलो चरणमा सबै आजिवन सदस्यहरुलाई खाद लगाई सम्मान गर्दै चितवन परिवार युकेको लोगो अंकित आजिवन सदस्यताको ब्यज बितरण गरेका थिए। ब्यज बितरणमा परिवारका सबै भन्दा जेष्ठ नागरिक तथा सदस्य जुम बहादुर गरुङ, सल्लाहकार शिबशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बर बहादुर गुरुङ, पूर्ब अध्यक्ष तथा सल्लाहकार धान लामा र निबर्तमान अध्यक्ष काजि गुरुङ सहभागि रहेका थिए। बिषेस अतिथिको रुपमा उपस्थित रहेका चितवन सहयोग संस्था (क्याट युके)का उपाध्यक्ष  यादव श्रेष्ठ, पुर्ब अध्यक्ष लोक गुरुङ र बौद्धिक ब्यक्तित्व डा. मित्र परियारलाई परिवारका अध्यक्ष बल बहादुर लामाले खादा लगाई स्वागत तथा सम्मान गरेका थिए।
 
यसैगरि संस्थाका नव सदस्यहरु, गत शैक्षिक सत्रमा सफल्तापुर्बक उच्च शिक्षा हाँसिल गरेका बिध्यार्थिहरु, बिभिन्न क्षेत्रमा उल्लेखनिय सफलता प्राप्त ब्यक्तित्वहरु, कार्यक्रमलाई बिभिन्न प्रकारको सिर्शकमा आर्थिक सहयोग गर्ने चन्दादाताहरु र राफल ड्रको बिभिन्न पुरस्कारका प्रायोजकहरु र कार्यक्रममा निशुल्क पेय पदार्थ उपलब्द गराउने बिभिन्न पेय पदार्थको प्रायोजकहरुलाई पनि अध्यक्ष लामाले खादा लगाएर सम्मान गर्दै हार्दिक बधाई तथा धन्यबाद ब्यक्त गरेका थिए।
 
बिगत देखि बर्तमान सम्मा चितवन परिवार युकेको हरेक कार्यक्रमहरुमा र संस्था संचालनको विविध पक्षमा अनावरतरुपमा उल्लेखनिय योगदान पुराउनु भएका चारजना महत्वपूर्ण ब्यक्तित्वहरु संस्थापक अध्यक्ष डम्बर बहादुर गुरुङ, पूर्ब अध्यक्ष धन लामा, कोषाध्यक्ष भक्त क्षेत्री र सह कोषाध्यक्ष श्रीमती निमा क्षेत्रीलाई वहाँहरुको बिषेस योगदानको उच्च कदर गर्दै उक्त कार्यक्रममा  संस्थाको तर्फबाट जेष्ठ सदस्य जुम बहादुर गुरुङ र अध्यक्ष लामाले खादा लगाई बिषेस सम्मान गरिएको थियो।
 
बिगतको बर्षहरु भन्दा यस बर्ष अत्याधिक उपस्थिति रहेको युकेबासि चितवनेहरुको उक्त बार्षिक भेटघाट तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको दोस्रो चरणमा चर्चित गायिका कल्पना श्रीपालले बिभिन्न प्रकारका मिठामिठा गितहरु गाएर र संगिता गैरेले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबैलाई भरपुर मनोरन्जन गराएका थिए। यसैगरि मनोरंजन गराउने क्रममा परिवारकै स्थानिय गायकहरु पुर्ण गुरुङ र लक्ष्मण गुरुङले पनि कार्यक्रममा गितहरु गाएका थिए। मनोरंजन तथा संस्कृतिक कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष मित्र बहादुर गुरुङले अति रमाइलो संग गरेका थिए।
 
मनोरंजनकै निम्ति बिभिन्न सदस्यहरुले स्वईच्छिकरुपमा प्रयोजन गरिएको पुरस्कारहरुमा रमाइलो राफल ड्र पनि आयोजन गरिएको थियो। राफल ड्रमा थुप्रै आकर्षक पुरस्कारहरु संग संगै प्रथम पुरस्कार सुनको बेरुव अंगुठि र द्वितिय पुरस्कारमा सुनको असर्फि अंगुठि राखेका थिए।राफल ड्रको संयोजन तथा संचालन उपाध्यक्ष मित्र गुरुङले गरेका थिए। मित्र गुरुङलाई इन्टरटेनमेन्ट संयोजक राजु गुरुङ र सह इन्टरटेनमेन्ट संयोजक लक्ष्मण गुरुङले सघाएका थिए।
 
राफल ड्रको प्रथम पुरस्कार रस्मी गुरुङ र द्वितिय पुरस्कार मन्जु गरुङले जितेका थिए। राफल ड्रको साथसाथै मनोरंजनको निम्ति लक्ष्मण गुरुङ, राजेस गुरुङ र धन लामाको संयोजनमा बिङ्गो(तम्बोला) पनि खेलाईएको थियो।
 
कार्यक्रममा खध्या संयोजक गंगु लामको संयोजनमा हिकमत राईको टिमले खाध्य ब्यबस्थापन गरेका थिए। यसैगरि निशुल्क पेया पदार्थको ब्यबस्थापन ड्रिङ्कस संयोजक हिमाली गुरुङले, प्रबेश सुल्क र अन्य आर्थिक कारोबारको ब्यबस्थापन कोषाध्यक्ष भक्त क्षेत्रि र साउन्ड सिस्टमको ब्यबस्थापन पुर्ब अध्यक्ष धन लामाले गरेका थिए।
 
दिउसो १ बजे आरम्भ भएको बेलायतबासि चितवनेहरुको रमाइलो बार्षिक भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम, मिठा मिठा परिकारहरुको भोजन ग्रहण र निशुल्क पेय पदार्थको सेवन, आफन्तजन र साथिभाईहरु संग रमाईलो भेटघाट सहित बार्तालाप, नयाँ बर्षको शुभकामना आदान प्रदान र उत्कृष्ट गित तथा नृत्य प्रस्तुतिहरुमा रमाउदै बेलुकि १० बजे डिजे संग आफु खुसिको नृत्य गर्दै सकिएको थियो।
 

AGM Meeting 2019

meeting Copy

Date: Saturday 23rd February 2019

Time: 12:00 - 17:00

Venue: Bhetghat Resturant     Postcode: 9A-11A High St, Aldershot GU11 1BH


CPUK YOUTH SUMMER BBQ 2018 

Date: Saturday 7th July 2018

Time: 11:00 - 18:00

Location: Frimley Lodge Park, Mytchett, Surrey GU16 6HY


Chitwan Pariwar UK New Year 2075 Photos

dsc06630

View all Images


CPUK Nepali New Year 2075/2018 

Date: Saturday 31st March 2018

Time: 11:00 - 21:00

Location: Tamu Dhee Community Hall, Mytchett, Surrey GU16 6HY


CPUK AGM 2018

meeting Copy

Date: Saturday 17 Feb 2018

Time: 11:00 - 17:00

Location: Nirmaya Rodhighar, Aldershot

 


CPUK CheliBeti Ramailo Bhetghat 2017

cards

Date: Saturday 07 OCT 2017

Location: Tamu Dhee Community Hall, Mytchett, Surrey GU16 6HY

 


CPUK Vijaya Dashami 2074/2017

Dashain 2074
 

Date: 7th October 2017

Location: Tamu Dhee Community Hall, Mytchett, Surrey GU16 6HY


CPUK YOUTH Summer BBQ 2017

BBQ 17

BBQ on Saturday 01 July 2017                                             Time: 11:00-18:00

Location: Frimley Lodge Park, Mytchett, Surrey GU16 6HY

 


Chitwan Pariwar UK New Year 2074

चितवन परिवार युकेले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७४ सेलेब्रेसन कार्यक्रम लण्डनमा सम्पन्न।

शिवशरण गुरुङ
लण्डन/८ अप्रिल २०१७

बेलायतमा बसोबास गर्ने चितवनेहरुको संस्था चितवन परिवार युकेले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७४को शुभकामना आदन प्रदान तथा भेटभाट कार्यक्रम ८ अप्रिल २०१७को दिन बेलायतको लण्डन फेल्थाम कम्युनिटि कलेजमा सम्पन्न भयो।

गंगु लामाको संयोजन र चितवन परिवार युकेका अध्यक्ष काजि गुरुङको सभापतित्वमा महासचिब बल बहादुर लामाले संचालन गरेको उक्त कार्यक्रममा संयुक्त अधिराज्य बेलायतको बिभिन्न स्थानमा रहेका चितवनेहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपाध्यक्ष राज बहादुर गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराउनु भएको थियो र महासचिब बल बहादुर लामाले नव बर्षको शुभकामना सहित स्वागत मन्तब्य राख्दै कार्यक्रम संचालन गर्नु भएको थियो।

कार्यक्रममा अध्यक्ष काजि गुरुङ, सल्लाहकार शिबशरण गुरुङ र सल्लाहकार डम्बर गुरुङले संस्थाका नव सदस्यहरु, नव बिवाहित दम्पतिहरुलाई खादा लगाई हार्दिक बधाई दिएका थिए। कार्यक्रमको हल सजावटका बिभिन्न समाग्रिहरु निशुल्क उपलब्ध गराउनुहुने कृष्ण बहादुर गुरुङलाई अध्यक्ष काजि गुरुङले खादा लगाई सम्मान गरेका थियो।
 
युकेबासि चितवनेहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा स्थानिय लोक कलाकार द्वय कल्पना गुरुङ र कलिना राईले मिठा मिठा लोक तथा आधुनिक गितहरु गाएर सबैलाई मनोरन्जन गराएका थिए। मनोरंजन गराउने क्रममा स्थानिय कलाकारहरुले पनि नृत्यहरु प्रस्तुत गरेका थिए। यसै गरि डिजे टंक शेरचनले उत्कृष्ट बाँसुरिको धुनहरु बजाएर र गित पनि गाएर सुनाउनु भएको थियो। मनोरंजन तथा संस्कृतिक कार्यक्रमको संचालन संस्थाका संकृतिक सचिब मित्र गुरुङले गरेका थिए।र राजेस गुरुङले बिङगो खेल संचालन गरेका थिए।

मनोरंजनकै निम्ति बिभिन्न सदस्यहरुले स्वईच्छिकरुपमा प्रयोजन गरिएको पुरस्कारहरुमा रमाइलो राफल ड्र पनि आयोजन गरिएको थियो।राफल ड्रको प्रथम पुरस्कार  साउथ हेरो लण्डन स्थित गोर्ख ज्वेलरीका भरत श्रेष्ठले प्रायोजन गर्नु भएको थियो। कार्यक्रममा खाध्य ब्यबस्थापन भेटघाट रेष्टुरेन्ट, पेय पदार्थको ब्यबस्थापन मिन लामा र साउन्ड सिष्टम तथा डिजेको ब्यबस्थापन टंक शेरचनले गर्नु भएको थियो।दिउसो २ बजे आरम्भ भएको नयाँ बर्षको रमाइलो कार्यक्रम बेलुकि १० बजे डिजे संग आफु खुसिको नृत्य गर्दै सकिएको थियो।

नेपाली नयाँ वर्ष बि.सं. २०७४को पावन अवसरमा देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


Chitwan Pariwar UK New Year 2074 Photos & Videos

dsc06630

View all Images

 Part 1

 Part 2

 Part 3

 Part 4

 Part 5


Chitwan Pariwar UK New Year 2073 Photos

dsc05710

View all Images


Congratulation

A member of our Chitwan Pariwar UK, Mr Dhan Bahadur Sarki has been elected as the President of Srijansil Nepali Samaj UK. We Chitwan Pariwar (Gaule) UK, would like to congratulate and wish him all the best.

Dhan Sarki 1

Dhan Sarki 2

Dhan Sarki 3

Mr BB LAMA

Gen Sec CPUK


CPUK Forthcoming Events

wc1742892

Mr BB LAMA

Gen Sec CPUK

meeting Copy

Mr BB LAMA

Gen Sec CPUK


CPUK Dashain 2016

Dashain

On the behalf our Chairman Mr Kajiman Grg and committee members of Chitawan Pariwar UK, May Durga and Laxmi bhagwan remove the darkness of ignorance and sorrow and shower wisdom, good health, the hopes of happiness, peace and prosperity in your future…

“HAPPY DASHAIN & DEEPAWALI 2073/2016”

Best Wishes,

Mr BB LAMA

Gen Sec CPUK


CPUK Children BBQ Summer Bhela 2016

BBQ

BBQ Bhela on Saturday 02 July 2016

Venue: Fleming Road, Winchester

Postcode: SO22 6EE


Chitwan Pariwar UK New Year 2073 Photos

dsc05710

View all Images


Chitwan Pariwar UK New Year 2073 Celebration News

चितवन परिवार युकेको नेपाली नयाँ बर्ष २०७३ शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न।

शिवशरण गुरुङ मेचेट/२ अप्रिल २०१६ जैबिक बबिधताले भरिपुर्ण, धार्मिक, ऐतिहाँसिक, भौगोलिक, आर्थिक र राजनैतिक दृष्टिकोण बाट अतिनै महत्वपुर्ण ठानिने चितवन। काठमाण्डौं र पोखरा पछि तेस्रो ठुलो पर्यटक गन्तब्य मानिने चितवन। सत्ययुगमा देवास्थल, त्रेतायुगमा तपोवन, द्वपार युगमा ऋषिमहर्षिहरुको आश्रयस्थल। रामायण कालिनयुगमा राम सिताको बनबासस्थल, महाभारतकालिन युगमा पान्डवहरुको क्रिडास्थलको रुपमा चिनिने चितवन। देवघाट, शिवघाट, गाईघाट वल्मिकी आश्रम र बिक्रमबाबा जस्ता पुण्य र पबित्र धार्मिकस्थलहरु अवस्थित चितवन र आधुनिकयुगमा उर्बराभूमी, अन्नको भन्डार, विश्व सम्पदाको सूचीमा समाबेस गरिएको ऐशियामै बन्यजन्तु र प्रकृति संरक्षणको अनुपम उदाहरण बनेको र बिश्वकै उत्क्रृष्ट राष्ट्रिय निकुन्जहरु मध्येमा एक पर्ने चितवन राष्ट्रिय निकुन्ज रहेको चितवन, सुगम यातायात, स्वास्थ्य, औधोगिक र पर्यटकिय क्षेत्रको क्रमिकरुपमा बिकास भैरहेको रमणिय पावन भूमी चितवनवासी हरुको संस्था चितवन परिवार युकेले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७३को शुभकामना आदन प्रदान तथा भेटभाट कार्यक्रम २ अप्रिल २०१६को दिन बेलायतको सरे मेचेटस्थित तमु नेपालीज कम्युनिटि सेन्टरमा भब्य रुपमा सम्पन्न भयो।

चितवन परिवार युकेका अध्यक्ष काजि गुरुङको सभापतित्व र चर्चित गायाक हरि योन्जनको बिषेस आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संयुक्त अधिराज्य बेलायतको बिभिन्न स्थानमा रहेका चितवने हरुको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा उपाध्यक्ष राज बहादुर गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराउनु भएको थियो र महासचिब बल बहादुर लामाले नव बर्षको शुभकामना सहित स्वागत मन्तब्य राख्दै संस्थाको बिबिद गतिबिधि बारे जानकारि गराउदै कार्यक्रम संचालन गर्नु भएको थियो।

कार्यक्रममा काजि गुरुङले उपस्थिति र बिबिद सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै चितवन नेपाल देखि बेलायत भ्रमणमा अउनु भएका गायक हरि योन्जन लागयत अन्य आतिथिहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो। यसैगरि संस्थाका नव सदस्यहरु, नव बिवाहित दम्पतिहरु र गत शैक्षिक सत्रमा सफल्ता पुर्बक उच्च शिक्षा हाँसिल गरेका बिध्यार्थिहरुलाई खादा लगाई अध्यक्ष गुरुङले हार्दिक बधाई दिएका थिए।नेपाल देखि कार्यक्रमको निम्ति ठुलो आकर्षक ब्यानर बनाएर ल्यई संस्थालाई

निशुल्का प्रदान गर्नु भएकोले संस्कृतिक सचिब मित्र गुरुङलाई अध्यक्ष काजि गुरुङले खादा ओडाई आभार ब्यक्त गर्दै धन्यबाद दिएका थिए।

कार्यक्रममा डायबिटीज (मधुमेह) एवेरनेस सम्बन्धि बेलायतको बिभिन्न ठाउँमा कार्यक्रमहरु संचालन गरि स्वास्थ्या रहन समाजमा धेरै योगदान पुराउनुभएकोमा संस्थापक अध्यक्ष डम्मर गुरुङलाई वहाँको यो बिषेस योगदानको उच्च कदर गर्दै संस्थाको तर्फबाट सल्लाहकार शिबशरण गुरुङले खादा लगाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका नव बिवाहित दम्पतीहरु र चितवन नेपाल देखि बेलायत भ्रमणमा अउनु भएका लामा गुरु गम बहादुर गुरुङ लागयत अन्य आतिथिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा केहि समय लिएर संस्थापक अध्यक्ष डम्बर गुरुङले डायबिटीज (मधुमेह) सचेतना सम्बन्धि संक्षिप्त पावर पोईन्ट जानकारि गराएका थिए। डम्बर गुरुङको यो बिषेस योगदानको उच्च कदर गर्दै संस्थाको तर्फबाट खादा लागाई अध्यक्ष गुरुङले हार्दिक धन्यबाद ज्ञापन गरेका थिए।

कार्यक्रममा अर्को केहि समय लिएर उपस्थित एक्स बिटा क्लबका सदस्यहरुलाई छुट्टै भेला गरि भरखरै नेपाल भ्रमण गरि फर्केका मित्र गुरुङले नेपालमा अवस्थित चितवन एक्स बिटा क्लबको बर्तमान अवस्था र गतिबिधिबारे जनकारि गराउनु भएको थियो।उक्त आवसरमा एक्स बिटा क्लबका युके अध्यक्ष डम्बर गुरुङको संयोजनमा चितवन एक्स बिटा क्लबले अबलम्बन गर्नु पर्ने भावि कार्यनितिको बरे उपस्थित सदस्यहरु बिच संक्षिप्त अन्तरकृय पनि गरिएको थियो।

युकेबासि चितवनेहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा आउनु भएका आथिति कलाकार हरि योन्जनले उत्कृष्ट गितहरु गाएर सबैलाई मनोरन्जन गराएका थिए। मनोरंजन गराउने क्रममा स्थानिय कलाकारहरुले पनि गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए। मनोरंजन तथा संस्कृतिक कार्यक्रमको संचालन संस्थाका संकृतिक सचिब मित्र गुरुङले गरेका थिए। मनोरंजनकै निम्ति बिभिन्न सदस्यहरुले स्वईच्छिकरुपमा प्रयोजन गरिएको पुरस्कारहरुमा रमाइलो राफल ड्र पनि आयोजन गरिएको थियो।कार्यक्रममा खाध्य ब्यबस्थापन भेटघाट रेष्टुरेन्ट र साउन्ड सिष्टम तथा डिजेको ब्यबस्थापन तेज गुरुङले गर्नु भएको थियो।निर्धारित समय भन्दा केहि डिलो दिउसो १२ बजे आरम्भ भएको रमाइलो कार्यक्रम बेलुकि १० बजे डिजे संग आफु खुसिको नृत्य गर्दै सकिएको थियो।

New Year 2073 Celebration Videos

 Part 1

 Part 2

 Part 3

 Part 4

 Part 5

 Part 6


Happy New Year 2073


Chitwan Pariwar UK Annual General Meeting 2016


चितवन परिवार युकेको बार्षिक साधारणसभा सम्पन्न।

चितवन परिवार युकेको बार्षिक साधारणसभा शनिबार ३० जनवरी २०१६का दिन भेट घाट रेष्टुरेन्ट आल्डरसोट मा सम्पन्न भएको छ। चितवन परिवार युकेका अध्यक्ष काजिमान गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारणसभाले आगामी बर्षमा आयोजना गरिने बिभिन्न कार्यक्रमहरुमा गहन छलफल गरि सर्बसम्मति बाट निर्णय गरेको छ। साधारणसभाले बार्षिक कार्यक्रम नेपाली नयाँ बर्ष २०७३ सेलेब्रेसन २ आप्रिल २०१६मा भव्यताका साथ आयोजना गर्ने पनि निर्णय गरेको छ।

महासचिब बि बि लामाले संचालन गरेको साधारणसभामा समाजका उपाध्यक्ष राज बहादुर गुरुङले हेल्थ ऐण्ड सेफ्टि बारे जानकरि दिएका थिए र सभाका सभापति तथा संस्थाका अध्यक्ष काजिमान गुरुङले स्वागत तथा धन्यबाद मन्तब्य राख्नु भएको थियो।सभामा महासचिब बिबि लामाले गत एक बर्ष भरि चितवन परिवार युकेले आयोजना गरेका कार्यक्रम तथा बिभिन्न कृयाकलापहरुको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो र संस्थाका कोषाध्यक्ष नबिन गुरुङले संस्थाको आर्थिक आयाब्यायको बार्षिक बिबरण प्रस्तुत गरेका थिए।

दिउसो झण्डै ११ बजे आरम्भ भई सौहाद्रपुर्ण बाताबरणमा संचालन भएको साधारण सभामा सल्लाहकार शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बर बहादुर गुरुङ र निबर्तमान अध्यक्ष तथा सल्लाहकार धन लामाले शुभकामना मन्तब्य राख्दै संस्थाको सर्बोपरि हित र भाबिकर्यक्रमहरुका निम्ति सकारत्मक सुझावहरु दिदै हाल सम्म भैरहेका कामहरुमा सबैले खुसि प्रकट गर्दै कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद तथा बधाई ब्यक्त गरेका थिए।

यसै गरि उक्त साधरण सभामा महिला संयोजक श्रीमती निमा क्षेत्रिले गत बर्ष ठुलो सफलताका साथ सम्पन्न भएको दिदीबहिनी बार्षिक भेटघाट कार्यक्रमको बरेमा जानकारि गराउदै सबै सहयोगि र सहभागिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो।

साधारण सभामा वाईन मेम्बर मिन लामाले चितवन परिवार युकेले गत बैशखमा नेपालमा गएको बिनासकारि महा भुकम्पमा पिडितहरुका राहातका निम्ति संकलन गरेको रकम भुकम्प बाट क्षतिग्रष्त दुईवटा बिधालय सिंधुपाल्चोक जिल्ला बडेगाउँ-१ आँपचौरको श्री कमलदेबी माध्यामिक बिधालयलाई रु.५०,१००/-, बडेगाउँ-५, हबेलिको कालिका प्राथमिक बिधालयलाई रु. ६२,२४०/- र एक जना सक्त घाइतेलाई रु. २७,९४०/- संस्थाको प्रतिनिधिको रुपमा आफै पुगि बास्तबिकता बुझेर संस्थाको तर्फबाट राहात बितरण गरेको बारे जानकारि गराउनु भएको थियो।

साधारण सभामा स्वास्थ्य सेवाको क्षेत्रमा मधुमेह सम्बन्धी बेलायतको बिभिन्न समुदायमा स्वयं सेवकको रुपमा जनचेतना फैलाउने अतुलनिय योगदानको उच्च कदर गर्दै Campaigning and Raising Awareness Award 2015बाट सम्मानित हुनुभएकोमा चितवन परिवार युकेक संस्थापक अध्यक्ष डम्बर बहादुर गुरुङलाई अध्यक्ष काजिमान गुरुङले खाद लगाई संस्थाको तर्फबाट हार्दिक बधाई दिएका थिए।यसैगरि संस्थाका नयाँ सदस्य कर्ण बहादुर गुरुङलाई धन्यबाद सहित खादा लगाई स्वागत गर्नु भएको थियो।

बेलुका करिब ३:४५ बजे सभाका सभापति तथा संस्थाका अध्यक्षज्युले सभामा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्दै औपचारिक रुपमा सभा अन्त भएको घोषणा गरिएको थियो। चितवन परिवार युकेको साधारण सभा सकिए लगत्तै उक्त सभामा उपस्थित चितवन EX BITA LIASION CLUB का सदस्यहरु बिच क्लबको बर्तमान बस्तु स्थिति र बिधान संशोधन मस्यौदा सम्बन्धि गहन छलफल गरेको थियो।

शिबशरण गुरुङ

३० जनवरी २०१६-अल्डरसोट

चितवन परिवार युके।






Venue: Aldershot, Hampshire

 


Happy New Year 2016

On Behalf of Mr. Kajiman gurung and Committee Members, Happy New Year 2016

Mr BB Lama
General Secretary, CPUK


CPUK members please make your availability

Time:  10:00 - 16:00     Venue: Bhetghat Resturant     Postcode: 9A-11A High St, Aldershot GU11 1BH




DurgaMay this auspicious occasion of Vijaya Dashami & Deepawali “2072” 2015 bless you and your family with good health, happiness and prosperity.

                                  “My best wishes you all.”

MR Kajiman Gurung

Chaiman CPUK

 

On this occasion our CPUK ladies coordinator member Mrs Nima Chhetri and her Didi Bahini team are organising a Bhet Ghat programme on 07 November 2015.

Venue:  The Tamu Dhee community Hall, 160-162

               Mychett, Surrey

               Post Code: GU16 6AE

              Time: 10:00 Hours - 22:00 Hours

                           “ALL CHITAWAN PARIWAR members are WELCOME ”

For more information please check your email.


Relief in Sindhupalchowk 

A message from Min Bahadur Lama. Please Click....


Heartest Congratulation

हार्दिक बधाई।

Campaigning and Raising Awareness Award 2015 बिजेता श्री डम्बर गुरुङलाई।

मधुमेह (Diabetes) सम्बन्धी जन चेतना फैलाउन महत्वपूर्ण योगदान पुराएकोमा हाम्रा चितवन परिवार युकेका संस्थापक अध्यक्ष श्री डम्बर गुरुङले बेलायतको राष्ट्रिय स्वयं सेवा अवार्ड २०१५ प्राप्त गरेको छ।रसमुर डायबेटिज ग्रुप युकेका अध्यक्ष समेत रहेका ५५ बर्षिय श्री डम्मर गुरुङ Campaigning and Raising Awareness Award 2015 बाट सम्मानित हुनुभएको हो। लण्डनमा गत जुलाई २०१५मा आयोजित एक बिषेस कार्यक्रममा यो अवार्ड प्रदान गरिएको थियो।स्थानिय स्तरमा  Type 2 Diabetes सम्बन्धी चेतना फैलाउन महत्वपूर्ण योगदान पुराएका गुरुङले बेलायतको रसमुर क्षेत्रमा सर्बसाधारण माझ मधुमेह सम्बन्धी जन चेतना फैलाउन सफल नेत्रृत्व समेत गरेका छन्।गुरुङकै सहायोगमा त्यस क्षेत्रका नेपालीहरुले नेपाली भाषामै मधुमेहा सम्बन्धी आवस्यक जानकारि र स्वास्थ्य सल्लाह पाउने गरेका छन् । स्वास्थ्य सेवाको क्षेत्रमा मधुमेह सम्बन्धी बेलायतको बिभिन्न समुदायमा स्वयं सेवकको रुपमा जनचेतना फैलाउने यो अतुलनिय योगदानको उच्च कदर गर्दै Campaigning and Raising Awareness Award 2015 बाट सम्मानित हुनुभएकोमा चितवन परिवार युके खुसि प्रकट गर्दै वहाँ श्री डम्बर गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दछ।

अध्यक्ष काजिमान गुरुङ तथा सम्पूर्ण सदस्यहरु

चितवन परिवार युके।


 

On behalf our chairman Kajiman Gurung and all our CPUK members, we  would like to wish you and all your family members a very Happy New Year 2072.

- BB Lama


Chitwan Pariwar UK (CPUK) was formed in 2005 with various Goals. How it was then when it was formed and how it is now? Is CPUK heading towards its Goals? What it should be done in coming days? Please post your positive views.

Please note: Inappropriate views/comments will be removed.

Mr. BB Lama

Gen Secretary

CPUK

 

Login Form



Latest Chitwan News

Events of Chitwan Pariwar UK

Articles of Chitwan Pariwar UK

Calendar

April 2024
S M T W T F S
31 1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 1 2 3 4

Nepali Date Display

Flag of Nepal
२०८१ बैशाख ११, मंगलबार

Latest Events

No events
Chitwan Pariwar Living Area In UK

Where do you living in UK?

1
36
Hampshire
2
33
London Area
3
31
Surrey
4
25
Berkshire
5
11
Scotland
Add a new response!
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates